काठमाडौं,आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाललाई नामिबियाले जितका लागि दुई सय ७५ रनको लक्ष्य दिएको छ । टियू मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नामिबियाले जेन हरियोको नटओट ७५ रन,पिक्की या फ्रान्स ४९ ,लो हेन्डी लोवरेन्स ४१,रुवेल ट्रुम्पेलम्यानले नटआउट २४ रन जोडेका थिए ,नामिबियालाई त्यतीमा समेट्ना नेपालका सन्दिप लामिछानेले ३ विकेछ,करन केसी १ विकेट लिए भने सन्दिप जोरा र सोम्पाल कामीले १-१ वटा रन आउट गरे ।