काठमाडौँ । कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा केहि सुधार देखिएको छ । भारतको मुम्बईमा उपचाररत भण्डारी खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् । उनको स्वास्थ्यमा सुधार देखिनुका साथै अनुहार र हातको जलेको भागमा आफ्नै छाला उम्रन सक्ने सम्भावना देखिएको चिकित्सकहरुले बताएका छन् ।
भण्डारीको तत्कालै अर्को सर्जरी गर्न नपर्ने चिकित्सकहरुको भनाइ छ । सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ ।
शुक्रबार दिउँसो भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको थियो । शनिबार मध्यान्ह काउन्सिलिङपछि डाक्टर सुनिल केस्वानीसहितको चिकित्सकहरुको टिमले भण्डारी अब खतरामुक्त बनेको बताएका छन् । शनिबारदेखि भण्डारीलाई पाइपमार्फत् खाना खुवाउने तयारी गरिएको छ ।