काठमाडौं । एभरेष्ट बैंकले आफ्नो विभिन्न बैंकिङ सेवाहरू प्रदान गर्ने कार्यहरू अटोमेस गर्नको लागि क्वीक फक्स कन्सल्टिङ प्रालिसँग सम्झौता गरी रोबोटिक प्रोसेस अटोमेसनको यात्रा सुरु गरेको छ । बैंकका अनुसार निरन्तररुपमा सबल हुन, प्रतिस्पर्धी रहन र आफ्ना ग्राहकहरूलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ आफ्नो अटोमेसनको यात्रा सुरु गरिएको हो ।
बैंकले प्रदान गर्ने सेवाहरूमा रहेका अधिकांश प्रक्रियाहरू दोहोरिने, प्रक्रियागतरुपमा सञ्चालन नहुने र एकै प्रकृतिका समेत हुने भएको र जसलाई पूरा गर्न धेरै मानव संशाधनहरू समावेश गर्नुपर्ने र मानवीय हस्तक्षेपको कारणले गर्दा कतिपय कार्यहरू समेत ढिलो र त्रूूटिपूर्ण हुनसक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेसनको यात्रा तय गरेको हो ।
स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय २३ वटा शाखा सञ्जाल, तीनवटा एक्सटेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालयहरू, एक सय ६० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।