कास्की । कास्कीको पोखरामा आइतबार दिउँसो बस दुर्घटना भएको छ।ताल्चोकबाट पोखरा गएको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।

दुर्घटनामा ४० जनाभन्दा बढी घाइते भएको जनाइएको छ । ग १ ख ४७६७ नम्बरको बस जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा दुर्घटना भएको हो। घाइतेलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।