काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा गोविन्द गुरुङलाई नियुक्त गरेकोक छ । नवनियुक्त सिईओ गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । उनको कार्यकाल नियुक्त भएको मितिले चार वर्षको हुनेछ । सिभिल बैंकमा सिईओ भैसकेका गुरुङसँग म्यानमारको म्यानमार सिटिजन्स बैंकको सिईओ भएको अनुभव पनि छ । कृषि विकास बैंकमा सिईओका लागि २२ जनाले आवेदन दिएकामा गुरुङ छनौट भएकाक हुन् ।