काठमाडौं । स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । वालिङ नगरपालिका–६, आम्डालीमा ट्याक्टर दुर्घटना हुँदा चालक चापाकोट नगरपालिका–२, धुर्कोटका ३२ वर्षीय नवीन सुनार र परिचालक वालिङ–८, मिर्दिका १४ वर्षीय सोविन विकको मृत्यु भएको हो । दुर्घटनापछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पु-याउनासाथ चालक सुनारको मृत्यु भएको हो भने परिचालक विकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी कार्यालय वालिङले जनाएको छ । जगतभञ्ज्याङबाट मिर्दितर्फ ढुंगा लिएर जाँदै गरेको ग.१त. ६८८६ नम्बरको ट्याक्टर हिजो बेलुका करिब ८ बजे सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो ।