काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ । निर्वाचन आयोगका अनुसार आज दिउँसो १ बजे संघीय संसदमा मतदान अधिकृत कार्यालयको स्थापना गर्न लागिएको हो । कार्यालय उदघाटन कार्यक्रममा निर्वाचन आयोगका पदाधिकारीहरूको उपस्थिति रहनेछ । यही फागुन २५ गते हुने निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल नियुक्त भइसकेका छन् । मतदान स्थल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरलाई तोकिएको छ । आयोगले जारी गरेको कार्यतालिका अनुसार बुधबार १० गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ ।