काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड ५७ लाख १७ हजार एक सय पाँच रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १५ करोड ७९ लाख ६८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा पाँच अर्ब आठ करोड ४२ लाख २७ हजार ९२ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब १० करोड ९७ लाख १५ हजार नौं सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड ४६ लाख २७ हजार आठ सय ३३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा चार करोड ५५ लाख ९३ हजार आठ सय ६४ रुपैयाँ रहेको संस्थाको स्प्रेड दर भने चार दशमलव २१ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले पाँच अर्ब २० करोड ६८ लाख ८८ हजार एक सय ९७ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ९१ करोड ७२ लाख ७१ हजार एक सय १८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३४ करोड ३८ लाख ३० हजार एक सय रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९० प्रतिशत रहेको थियो ।