तनहुँ । २४ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका-३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय सुभास कार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । विहीबार विहान कार्कीले ती महिलालाई जबरजस्ती गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका कार्कीमार्थी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।