काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई सम्पूर्ण उडान बन्द गर्न निर्देशन दिएको छ । कम्पनीले कर्मचारीलाई तलब समेत खुवाउन नसकेपछि उडान सुरक्षासँग जोडेर प्राधिकरणले एयरलाइन्सलाई अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध लगाएको हो । एयरलाइन्सले सबै कर्मचारीलाई तलब, सेवा सुविधा प्रदान गरेको यकिन पत्र प्राधिकरणमा पेश नगरेसम्म उडान प्रतिबन्ध नखुलाउने निरौलाले जानकारी दिए । कम्पनीले सबै कर्मचारीको बक्यौता तलब भुक्तान गरेको र थप तलब सुविधा प्रदान गर्न समस्या नभएको पत्र पठाएपछि प्राधिकरणले अनुगमन गरेर एयरलाइन्स माथिको प्रतिबन्ध हटाउने उनले बताए ।