काठमाडौं, चैत ३
सेयर बजार परिसूचक ओरालो लागेको छ । यसदिन बजार परिसूचक ६४ दशमलव १४ अंकले ओरालो लागेर १३ सय १३ दशमलव चार अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ८८ अंकले ओरालो लागेर दुई सय ८२ दशमलव ६२ अंकमा झरेको छ । यसदिन कुुल एक सय ७४ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार २४ हजार ४१ वटा कारोबारमा ५५ लाख ७० हजार ३० कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम दुुई अर्ब १० करोड १४ लाख १७ हजार दुुई सय ९२ रूपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएकोमा सबै समूहको सूचक ओरालो लागेर बजार पूरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ५७ अंकले ओरालो लागेर ११ सय ५४ दशमलव ६१ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ६२ दशमलव ८७ अंकले ओरालो लागेर १७ सय ७६ दशमलव ७९ अंकमा झरेको छ । जलविद्युुत् समूहको सूचक पनि ३२ दशमलव ८७ अंकले ओरालो लागेर नौ सय ४७ दशमलव ९९ अंकमा झरेकोमा लघुुवित्त समूहको सूचक पनि ९३ दशमलव ४३ अंकले ओरालो लागेर २१ सय ३६ दशमलव ३२ अंकमा झरेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि चार सय १६ दशमलव ७३ अंकले ओरालो लागेर पाँच हजार पाँच सय ९० दशमलव ४१ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि छ सय २१ दशमलव ८८ अंकले ओरालो लागेर सात हजार दुई सय ७५ दशमलव ४४ अंकमा झरेको छ । यीबाहेक टे«डिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ४३ दशमलव ७९, ५२ दशमलव ४८, २२ दशमलव दुुई, ८० दशमलव २३ र शून्य दशमलव ३१ अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको युनाइटड मोदी हाइड्रोपावर कम्पनीको सेयर ९७ पैसाले बढेर एक सय चार रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सिन्धुु विकास बैकको सेयर मूल्य ७७ पैसाले बढेर एक सय ३१ रूपैयाँमा किनबेच भएको छ भने वोमी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि बढेको छ । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको सामुुदायिक लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० रूपैयाँले घटेर सात सय ८३ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० रूपैयाँले घटेर तीन सय ६० रूपैयाँमा किनबेच भएको छ । यीबाहेक सर्पोट माइक्रोफाइनान्स, नेपाल सेवा लघुुवित्त वित्तीय संस्था आदि परेका छन् ।
यसदिन कारोबार भएको रकमको आधारमा पहिलो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ११ सय रूपैयाँ अन्तिम मूल्यमा १७ करोड ३६ लाख ९० हजार चार सय ४९ रूपैयाँको कारोबार भएको छ । दोस्रो स्थानमा परेको एनआईसी एसिया बैंकको प्रतिकित्ता पाँच सय १८ रूपैयाँ अन्तिम मूल्यमा ११ करोड ४६ लाख ९६ हजार दुुई सय ६६ रूपैयाँको कारोबार भएको छ । यीबाहेक एनएमबी बैंक, शिवम् सिमेन्ट आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुसार यसदिन कृषि विकास बैंकको ५४ लाख नौ हजार तीन सय १७ दशमलव ३७ कित्ता बोनस सेयर नियमित कारोबारका लागि सूचीकृत भएको छ ।