काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ४४ लाख ६६ हजार रूपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाले एक करोड ५१ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ८४ करोड ५८ लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५६ करोड ४६ लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ७९ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम सात करोड २४ लाख ७१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात छ दशमलव ५७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ७१ करोड तीन लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३२ करोड ७७ लाख ४१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ९४ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ लाख ९६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ६९ प्रतिशत रहेको थियो ।