काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका-९ घर भई काठमाडौं नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने ३४ वर्षीय सुरज अधिकारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अधिकारीले ती किशोरीलाई काठमाडौं महानगरपालिका-१५ कारखाना चोकस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी, पर्सामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ठोरी गाउँपालिका-१ दिपकनगर बस्ने ५९ वर्षीय रामचन्द्र क्षेत्रीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले ती किशोरीलाई सोही ठाउँस्थित सिंङगे खोलाको बगरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।