काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । सिंहले आज प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् । राजीनामा स्वीकृतिको लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाउने तयारी गरेको छ । जन्ममिति विवाद सार्वजनिक भएपछि सिंहले राजीनामा दिएका हुन् । हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमर फरक-फरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो ।