काठमाडौं । पूर्वराजस्व सचिव रामशरण पुडासैनी कृषि विकास बैंकको अध्यक्ष नियुक्त भएका छन् । कृषि विकास बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो ।

यसअघि अर्थ मन्त्रालयले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो ।