काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरु र नेकपा माअ‍ोवादी केन्द्रबीच भेटवार्ता सुरु भएको छ । बिहीबार माओवादी केन्द्रबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव शक्ति बस्नेत सहभागी रहेका छन् । अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ जनता समाजवादी पार्टीबाट सहभागी रहेका छन् । उनीहरुले राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न लागेका हुन् । यसअघि नै माओवादी र एकीकृत समाजवादीका नेताहरुबीच भेट भइसकेको छ । जसपा, एकीकृत समाजवादी र माओवादीबीच अर्को छलफल तय भएको नेताहरुले बताएका छन् । साँझ ६ बजे जसपा, माओवादी र एकीकृत समाजवादीले कांग्रेससँग छलफल गर्ने जनाइएको छ ।