झापा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कन्काई नगरपालिका-८ बस्ने ३९ वर्षीय अशोक बराइलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमाउनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।