काठमाडौं । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको १७औँ साधारणसभा तथा नवौँ अधिवेशन तथा निर्वाचन आगामी आइतबार हुने भएको छ । उक्त अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन हुने भएकोले फेरि अध्यक्ष बन्नको लागि वर्तमान अध्यक्ष कृष्ण प्रसाद गौतमले आफ्नो टिमको घोषणा गरेका छन् ।
उक्त टिममा वरिष्ठ उपाध्यक्ष कमला भट्टराई, प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्वितीय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्च बहादुर तामाङ (विजय), उपमहासचिव (नीतिगत) अर्जुन मर्हजन, उप–महासचिव (आन्तरिक) राजन गौतम, कोषाध्यक्ष मनोज श्रेष्ठ र सह–कोषाध्यक्ष राजन श्रेष्ठ रहेका छन भने अन्य सदस्य पछि घोषणा गर्ने अध्यक्षका उम्मेदवार कृष्ण प्रसाद गौतमले बताए । उनले निर्माण क्षेत्रमा भएका विभिन्न ऐन तथा निति नियमका कारण निर्माण व्यवसयीको पेशा नै धर्मसंकटमा रहेको हुँदा यसका लागि निर्माण व्यवसायीहरुको सुझावअनुसार सधैँ लाग्ने बताएका छन् । उक्त संघमा करिब एक हजार पाँच सय सदस्यहरु छन् ।