काठमाडौं । मधेशी एसोसिएसन इन अमेरिकाद्वारा बारा एवम् पर्साका दलित एवम् जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाका नेपाल प्रतिनिधि मदन गुप्ताले तीन जना विद्यार्थीहरुलाई १५ हजारको दरले तथा एक जनालाई १० हजारको दरले गरी ५५ हजार रुपैयाँको छात्रवृत्ति वितरण गरेका हुन् ।
गुप्ताले उनीहरुको कक्षा ११ एवं १२ का लागि शिक्षा पूरा नहुञ्जेलसम्म सहयोग गर्ने पनि प्रतिब्द्धता जनाए । संस्थाले मधेशमा यस प्रकारको छात्रवृत्ति प्रदान गरिरहने पनि गुप्ताले जानकारी दिए । छात्रवृत्ति वितरण कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश प्रसाद थारु, कमल चौलागाईं, ओम प्रकाश सर्राफलगायतको सहभागिता थियो ।