जलेश्वर । गत सोमबार धनुषाको मिथिला नगरपालिकाको कचुरीबाट १५ दिने माध्यमिक परिक्रमा सुरू भएको थियो । विश्वकै लामो पैदल यात्रा गरिने १५ दिनको परिक्रमा शुक्रबार महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आइपुगेको छ ।

मिथिलाको धार्मिक तथा एतिहासिक पन्ध्रदिने परिक्रमाको चौथो पराव (विश्राम) का लागि शुक्रबार महोत्तरीको मटिहानीबाट पैदल भगवान् रनमचन्द्रको डोला लिएर महोत्तरीको सदरमुकाम जलेश्वर आइपुगेको हो ।