काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले करोडौँ मूल्य बराबरको पूराना सवारी साधन विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक स्थानमा अलपत्र रहेको भन्दै त्यसको व्यवस्थापन गर्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले देशभरकै नेपाल सरकारको कार्यालय र प्रहरी कार्यालय परिसरभित्र साधनश्रोत, मोटरसाइकलदेखि गाडीहरु पनि थुपारेर राखेको भन्दै आपत्ति जनाए । उनले श्रोत साधनको सही सदुपयोका लागि ऐन, नियममा समस्या भए सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए ।