नुवाकोट फागुन १२, सेयर लगानीकर्ताका लागि शुक्रबार नुवाकोटको बट्टारमा लगानीकर्ता शिक्षा,सचेतना तथा तालिम कार्यक्रम आयोजना गरिएको छ ।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले उद्घाटन गरेको तालिम कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बेधनिधि अधिकारी लगायतले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

उक्त तालिम कार्यक्रमको नेपाल स्टक हाउस प्रा.लि ब्रोकर नम्बर १४ काठमाडौंले सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको हो। काठमाडौं कालिकस्थानमा रहेको स्टक हाउसको नुवाकोटको बट्टार पोखरा र कैलालीको टिकापुरमा पनि शाखा कार्यालयमार्फत सेयर लगानीकर्तालाई सहजिकरण गदै आएको छ ।
सेयर लगानी गर्न इच्छुक जो कोहिलाई सेयरको समग्र पक्षका बारेमा जानकारी दिने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गदै जाने कार्यक्रम रहेको नेपाल स्टक हाउसका अध्यक्ष ईश्वरी प्रसाद रिमालले जानकारी दिए । शुक्रबार नुवाकोटमा भएको कार्यक्रममा जिल्लाका डेढ सय जना बढीको सहभागिता रहेको थियो । कार्यक्रममा प्रारम्भिक चरणका लगानीकर्तालाई सुश्म तरिकाले सेयर बजारका बारेमा जानकारी दिईएको थियो ।
तालिम कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक रुपेश केसी,नेपाल सिडिएस एण्ड क्लियर लिमिटेडको गुनासो व्यवस्थापन अधिकृत देवराज रिजाल र सेयर बजारका विश्लेषण सन्तोषराज बजगाईंले सेयर बजारका बारेमा कार्यक्रम प्रस्तुत गरेका थिए ।
