काठमाडौं,सर्वोच्च अदालतले नेपाली राष्ट्रिय किक्रेट टिमका महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेलाई यूएई जान रोकेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त आदेश दिएको हो । यूएईमा हुन गईरहेको आइसिसी विश्वकप क्रिकेट लिगमा सन्दीपले आफू जान पाउनुपर्ने आग्रहसहितको निवेदन सर्वोच्चमा दिएका थिए । यस अघि सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाएको थियो । त्यस्तै, विदेश जान प्रतिबन्ध फुकुवा हुनुपर्ने मागसहति सन्दीप लामिछानेले गरेको पुनरावेदनको अर्को पेसी आइतबारलाई तोकिएको छ ।