काठमाडौं,सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार रुकुमका विद्यायल व्यवस्थापन समिति र प्रधानध्यापक सहित भ्रष्ट्रचारमा संलग्न भएकाहरु बिरुद्ध बिशेष अदालत मुद्दा दायर गरेको छ । मुसिकोट नगरपालिका वडा नं.५ डिक्रेस्थित शाइकुमारी आधारभूत विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष गोविन्द बहादुर के.सी र तत्कालीन प्रधानध्यापक लाल बहादुर के.सी.ले (आठ लाख चौरानब्बे हजार रुपैयाँ) हिनामिना गरेको अख्तियारले बताएको छ । त्यस्तै,वागबजार पैयाचौर रावल बारा थर्पु डिक्रे सडक निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष माया के.सी.ले विद्यालयको आठ लाख रुपैयाँ बाटो निर्माण गर्न लगि बाटो नै निर्माण नगरि रकम हिनामिना गरेकी थिइन् । साथै उक्त विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका सदस्य तथा वागबजार पैयाचौर रावलबारा धर्पु डिक्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष द्रोण बहादुर खत्रीले किर्ते हस्ताक्षर गरि विद्यालयको रकम सडक निर्माण उपभोक्ता समितिको नाममा आफै लिई (आठ लाख अडचालीस हजार रुपैयाँ हिनामिना गरेका थिए । अख्तियारले उनीहरुबिरुद्ध हिनामिन भएको क्षतिपूर्ति रकम असुल गरि दाबी गरिएअनुसार हानिनोक्सानी भएको बिगो असुल गरि कार्वाहीको माग गरि अख्तियारले बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।