काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि मनोनय दर्ता गरेका छन्।बानेश्वरस्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर उनले शनिबार दिउँसो उम्मेदवारी दर्ता गराएका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत उनका साथमा गएका थिए।
नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ,नागरिक उन्मुक्तिकी रन्जित श्रेष्ठ ,जनमत पार्टीका नेता अब्दुल खान, जसपाका नेता अशोक राई पौडेलको प्रस्तावकमा रहेका छन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, लोसपा अध्यक्ष महन्ठ ठाकुर, कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का र माओवादी नेता हितराज पाण्डे उनको समर्थकमा रहेका छन्। राष्ट्रपति उम्मेदवारका लागि आठ दलले सघाउने निर्णय गरेका थिए।