काठमाडौं, चैत ४
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले व्यावसायिक परामर्श सेवा दिने भएको छ । कम्पनीले देशमा छरिएर रहेका उद्योगी, व्यवसायी संघसंस्था तथा व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यवसाय बढाउन तथा व्यावसायिक उद्देश्यमा सहयोग गर्ने उद्देश्यले अनुसन्धान तथा विश्लेषणमा आधारित संस्थागत परामर्श सेवा उपलब्ध गराउने जानकारी दिएको छ ।
यो सेवाअन्तर्गत आफ्नो उद्योग व्यवसाय सञ्चालन गरिरहेका उद्योगीहरू तथा नयाँ व्यवसाय सञ्चालन गर्न चाहने व्यवसायीहरूको लागि वित्तीय सर्वेक्षण, बजार सर्वेक्षण, सम्भाव्यता अध्ययन, व्यापारिक योजना र विकास, व्यापार रणनीति विकास, व्यवसाय मूल्याङ्कन, सेयर इक्विटी मूल्याङ्कन, आम्दानी योजना, खर्च योजना, पुँजीगत बजेट, पुँजी संरचना साथै देशभरि छरिएका लगानी गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूलाई नबिलले साना तथा मध्यम वर्ग तथा स्टार्टअपमा लगानी गर्न चाहेमा परामर्श सेवा समेत उपलब्ध गराउने भएको जानकारी दिएको छ ।