काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आउदै गरेको राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने भएको छ । समाचार स्रोतका अनुसार उक्त दलले कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धनबाट उठ्ने कुनै पनि उम्मेदवारलाई मत नदिने बुझिएको छ । मत नदिनुको कारण भने अझै खुल्न सकेको छैन् ।