काठमाडौं । बलत्कारको आरोप लागेका सन्दिप लामिछानेको मुद्दाको सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । उनको मुद्दाको पेशी न्यायधिसद्वय सपना मल्ल प्रधान र कुमार चुडालको इजलासमा पहिलो न‌म्बरमा परेको छ । आजको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ । साथै सन्दिपले विश्व लिग टुका लागि युएई जान पाउँ भन्ने निवेदनका विषयमा पनि बहस हुनेछ । सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमती दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा बहस हुनेछ ।