काठमाडौं । सेयर बजार परिसुचक सामान्य अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक चार दशमलव ५५ अंकले उकालो लागेर दुई हजार २७ दशमलव १९ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ५१ अंकले उकालो लागेर तीन सय ८३ दशमलव ८५ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६२ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ५० हजार पाँच सय ३२ पटकको कारोबारमा ६५ लाख १५ हजार आठ सय ५२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ५२ करोड ५० लाख ७१ हजार आठ सय छ रुपैंयाँ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये पाँच वटा उपसमुहहरुको सुचक ओरालो लागेपनि बाँकी उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।