काठमाडौं । भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका-५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापा रहेका छन् । ती किशोरीलाई थापाले आफ्नै कोठामा फागुन ७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई मध्यपुर ठिमी नगरपालिका-६ पुरानो ठिमिबाट पक्राउ गरेको हो ।
यसैगरी, भोजपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-७ भदौरे बस्ने २६ वर्षीय हरि कुमार भन्ने हरि श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका-६ मठेटारस्थित कच्ची बाटो नजिक श्रेष्ठले ती किशोरीलाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाभोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।