काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जिल्ला प्रहरी परिसर ललितपुरलाई सडक डिभाइडर सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मंगलबार सडक दुर्घटनाको जोखिम न्यूनीकरणका निमित्त जिल्ला प्रहरी परिसर ललितपुरलाई १२ थान सडक डिभाइडर सहयोग गरेको जानकारी दिएको छ ।
जीवन बीमा जरुरी छ भन्ने मूल नाराका साथ स्थापना भएको कम्पनीले स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाखभन्दा बढी बीमालेखहरू जारी गरी छुट्टै पहिचान राख्न सफल भएको जानकारी दिएको छ । उक्त सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शिद्धी विक्रम शाहले दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यसले धेरै सहयोग पुग्ने बताए ।
साथै कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले कम्पनीले बेला बखत गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न कम्पनीले जिल्ला प्रहरी परिसर ललितपुरलाई सडक डिभाइडर सहयोग गर्न पाउँदा खुसी भएको व्यक्त गरे । फेरि पनि आउँदा दिनमा आवश्यक परेको खण्डमा सहयोगहरूका लागि निरन्तरता दिने उनले बताए ।