मोरङ । बुधबार प्रदेश नं १ को नामाकरण ‘कोशी’ गरिएको हुँदा बिहीबार सार्वजनिक बिदा घोषणा गरिएको छ । सम्पूर्ण प्रदेशका बासिन्दालाई बधाई ज्ञापन गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जारी सूचनामा उल्लेख छ ।

प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयका सचिव उमेश बस्नेतद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।