काठमाडौं,आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपाललाई यूएईले २सय ८ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनायो । युएईका लागि आसिफ खान ७२ रन,रोहन मुस्तफा नटआउट ५२,आर्यन लाक्रा २८, चुन्दगापोयल रिजवान २२ र वृत्य अरविन्दले १८ रन जोडेका थिए ,यूएईलाई कम स्कोरमा समेट्ना नेपालका सन्दीप लामिछानेले ३ विकेट लिदा करन,सोमपाल,कुशल मल्ल र आरिफले समान एक/एक विकेट दिए ।