काठमाडौं, चैत ५ कुमारी बैंक र टेस्ला डायगनोस्टिक क्लिनिकबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले बालुवाटारस्थित टेस्ला डायगनोष्टिक क्लिनिकसँग स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र टेस्ला डायगनोष्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठको हस्ताक्षर भएको उक्त सम्झौताअनुसार टेस्ला डायगनोष्टिक क्लिनिकका विभिन्न स्वास्थोपचार सेवा तथा औषधोत्पादन शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । बैंकले हाल आफ्ना देशव्यापी एक सय २४ शाखा सञ्जाल, एक सय २२ एटीएम, २१ शाखारहित इकाइ तथा छवटा एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू प्रदान गर्दै आएको छ ।