काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन २४ दशमलव ४४ अंकले ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि २६ दशमलव ४७ अंकले ओरालो लागेर १९ सय ६९ दशमलव शुन्य दुई बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८१ अंकले ओरालो लागेर तीन सय ७३ दशमलव ५६ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहरु अन्तर्गत दुई सय ५६ वटा कम्पनीहरुको २८ हजार पाँच सय पटकको कारोबारमा ३६ लाख ५७ हजार एक सय ५४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीको आधारमा आज कुल कारोबार रकम एक अर्ब ३३ करोड ६३ लाख ३३ हजार नौं सय ६४ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक घटेर सेयर बजार परिसुचक पुरै रातो देखिएको छ ।