वासिङटन, चैत ५
सामाजिक सञ्जाल कम्पनी फेसबुकले विश्वका ३० देशमा कुल १० करोड डलर साना व्यवसायलाई मद्दत गर्ने उद्देश्यले सहयोग गर्ने घोषणा गरेको छ । कम्पनीले उक्त रकम अनुदान र एड क्रेडिटका रुपमा ३० हजार साना व्यवसायलाई प्रदान गर्नेछ । धेरैजसो भने नगद अनुदान हुने बताइएको छ । यसबारे फेसबुकले विस्तृत विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ । त्यसपछि मात्रै उक्त सहयोग प्राप्त गर्न आवश्यक प्रक्रियाबारे सार्वजनिक हुनेछ । फेसबुकका चिफ अपरेटिङ अफिसर शर्ल स्यान्डबर्गले पोष्ट गर्दै मंगलबार यस्तो जानकारी दिएका हुन् । कोरोना भाइरसको कारण विभिन्न देशको अर्थतन्त्रमा प्रभाव परेको छ । यसको धेरै मार भने साना व्यवसायमा परेको छ ।