काठमाडौं, चैत ५ विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण १ सय ५२ भन्दा बढी देशमा पुगेको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको सोमबारसम्मको विवरणअनुसार संसारभर एक लाख ६७ हजार ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या अघिल्लो दिनको तुलना १३ हजार ९ सय ३ बढी भएको अधिकारीले जानकारी दिएका छन् । त्यसैगरी मृत्यु हुनेको संख्या पनि अघिल्लो दिनभन्दा ८ सय ६२ ले बढेको विश्वव्यापी विवरणमा उल्लेख गरिएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या छ हजार ६ सय ६ पुगेको छ । कुल मृत्यु भएको र संक्रमितको तथ्यांक हेर्दा चीनपछि कोरोनाको केन्द्र युरोप क्षेत्र भएको छ । युरोपेली देशमध्ये सबैभन्दा बढी इटली, स्पेन, फ्रान्स, जर्मनी, स्विट्जरल्याण्डलगायका देश प्रभावित भएका छन् ।