काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका-६ रिछामा से.१ त. १८३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-३ पडाउ बस्ने ४५ वर्षीय शिवचरण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी, नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ नयाँबस्तीमा प्रदेश ३-०३-००१ प. ४९६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका-१७ देवगाउँ बस्ने ३४ वर्षीय शैलेश यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, मोरङ, सुन्दरहरैचा नगरपालिका-१० किस्ति पुलस्थित सडकमा मे.१ ख. २२८३ नम्बरको बसले प्रदेश १ ०२-०४३ प. ३२४३ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-६ बस्ने ६५ वर्षीय उमाकान्त कोईरालाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएकोे छ ।