नेकपा एमालेका पूर्व नेता तथा ब्यवसायी दुर्गा प्रसाद प्रसाईको संयोजकमा व्यवस्था परिर्वतको माग सहित बिभिन्न १३ बुँदे जनविद्रोह कार्यक्रम शनिबारको लागि सम्पन्न भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक समाज महाअभियान नाम गरेको समूहले दुर्गा प्रसाईको संयोजकमा नयाँ बानेश्वर स्थित एभरेष्ट होटल अगाडी जनविद्रोह आरम्भ गरेको हो । उत्त, समूहले निकै तामझामका साथ विभिन्न झाँकी, पञ्चेबाजा, गीतसंगीत, हनुमान चालिसा तथा नाराबाजी गर्दै औपचारिक रूपमा कार्यक्रम शुरु गरेको थियो । कार्यक्रमलाई संयोजक दुर्गा प्रसाई सहित प्रवक्ता रमा सिंह,विष्ण भट्टराई,भुमिनन्द चुडाल नगेन्द्र देउजा,तारानाथ लुईटेल,कुमार बस्नेत लगाएतले संम्बोधन गरेका थिए । सनातन हिन्दु धर्म कायम गर ,संघियता खारेज गर ,बैङक तथा वित्तीय संस्थाको ज्याजदति बन्द गर ,धर्म, संस्कार ,संस्कृतिको संरक्षण गर ,म जे गर्छु नेपालमै गर्छु दुर्गा प्रसाद प्रसाई ,कृषि उत्पादनलाई बजार व्यवस्थापनको ग्यारेन्टी गर, वैदिक सनातनसहितको हिन्दुराज्य कायम गर,गिता मेरो मार्गदर्शन , हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हामीलाई चाहिहो राजा चाहियो ,राजतन्त्र जिन्दाबाद,गणतन्त्र धोका हो , मेची महाकाली सल्लाह छ , राजा ल्याउने हल्ला छ। लगायतका नाराहरु लगाएका थिए । नेपालमा बैङ्कहरुले जनतालाई अफ्टयारोमा पारेको ,लघुवित्त सहकारी लगाएतका संस्थाको कारणले जनताहरु पिडामा परेको प्रसाईले बताएका थिए ।