काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने धन्सु बहादुर तामाङको घरको भान्सा कोठामा खाना पकाउने क्रममा ग्याँस लिक भई शनिबार साँझ आगलागी हुँदा भान्सा कोठामा रहेको सामान जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी,दार्चुला, महाकाली नगरपालिका-५ घट्टेखोलास्थित ओमकार पन्तको फुड गार्डेन रेष्टुरेन्टमा खाना पकाउने क्रममा ग्याँस लिक भई शनिबार दिउँसो भान्सा कोठामा आगलागी हुँदा भान्सामा रहेका भाडावर्तन, अन्नपात, फ्रिज लगायतका समान जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ । साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान पनि गरिरहेको जनाएको छ ।