काठमाडौं,पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यहि फागुन २० गते काठमाडौंंमा आयोजित ‘स्थानीय तह कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले मुस्ताङको बारागुङ–मुक्तिक्षेत्र गाउँपालिकामा कुनै अमुक देशको प्रस्तावमा अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्दै भाषण गरेका थिए ।
उक्त कुरालाई सरकारले विश्वविद्यालय खोल्ने कुनै निर्णय नभएको बताएको छ । ओलीले ‘मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली र राष्ट्रियतामाथिको प्रहार एवं चीनमाथिको गद्दारी हो’ भनेको भोलिपल्टै आइतबार साझ सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले विज्ञप्तिमार्फत खण्डन गरेकी हुन् । यस्तो छ विज्ञप्ति
