काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नयाँ स्काई भोड्का सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो प्रिमियम भोड्का ब्रान्ड हो । पाँचपटक डिस्टिल गरी तयार भएको स्काई भोड्कामा फलफूल र टोस्ट गरिएको अन्नको स्मूथ रिफ्रेसिङ टेस्ट रहेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार यसलाई निट वा ककटेलसँग पिउँदा अझ उत्कृष्ट एवं मनमोहक स्वाद आउँछ । उत्कृष्ट तथा रिफ्रेसिङ टेस्टको विशेषता रहेको स्काई भोड्का आकर्षक कोबाल्ट ब्लु प्रिमियम बोतलमा ७५० मिलि र १८० मिलि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का गुणस्तर र स्वादको लागि एक नयाँ स्ट्यान्डर्ड सेट गर्न र विशेष एवं फरक स्वाद पस्किनका लागि चर्चित छ ।