काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही चैत्र १० गते काठमाडौंको अमृतभोग कालिकास्थानमा आफ्नो २४औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब २४ करोड १० लाख ६६ हजार तीन सय २७ रूपैयाँमध्येबाट एक दशमलव ३६ प्र्रतिशतका दरले हुनआउने एक करोड ६९ लाख ८३ हजार १३ रूपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
यसैगरी संस्थाले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट २६ प्रतिशतका दरले हुनआउने ३२ करोड २२ लाख ७७ हजार दुई सय ४५ रूपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । संस्थाको यही फागुन १८ गते बसेको सञ्चालक समितिको तीन सय ९३औँ बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो ।