काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १२ करोड ४० लाख ३० हजार पाँच सय २८ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ४२ करोड ५१ लाख ३५ हजार एक सय ७९ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब पाँच करोड ५५ लाख ६३ हजार सात सय ३४ रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा आठ अर्ब ४३ करोड १३ लाख १६ हजार एक सय पाँच रूपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ७६ करोड ५५ लाख ६५ हजार एक सय नौ रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ५० करोड ८० लाख ३७ हजार तीन सय २६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने चार करोड दुई लाख ३१ हजार आठ सय ८१ रूपैयाँ रहेको संस्थाको स्प्रेड दर भने तीन दशमलव ६५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले सात अर्ब ३३ करोड २२ लाख ४३ हजार चार सय ४७ रूपैैयाँ निक्षेप संकलन गरी १९ अर्ब ७७ करोड ९६ लाख ५८ हजार ७८ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६९ करोड १९ लाख २४ हजार छ सय छ रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर छ दशमलव ४८ प्रतिशत रहेको थियो ।