काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकी लगायतले रिट दर्ता गरेका हुन् ।
२०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा उनले लिन सक्ने बताएका थिए । सोही अभिव्यक्तिलाई समेत लिएर द्वन्द्वकालीन घटनाका पीडितहरुले रिट दायर गरेका हुन् । उक्त रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।
सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ आदेश गरेको थियो । त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार कानुन व्यवसायीहरु पुनस् रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।