काठमाडौँ । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको तेस्र्रो कारोबार दिन आज मंगलबार बजार परिसुचक १४ दशमलव ४१ अंकले उकालो लागेर १९ सय ५२ दशमलव ५५ बिन्दुमा चढेको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५३ अंकले उकालो लागेर तीन सय ७० दशमलव २४ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६१ वटा कम्पनीहरुको २४ हजार तीन सय ७३ पटक सेयर किनबेच भएको छ । जसबाट ४० लाख ५९ हजार एक सय ४९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब २० करोड ४४ लाख नौं हजार चार सय ११ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुमहरु मध्ये दुई वटा उपसमुहहरुको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।