काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म कुल ७२५ मतदान भएको छ । हालसम्म ४४० प्रदेश सांसद र २८५ संघीय सांसदले मतदान गरिसकेका छन्। मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ। निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका ४४० सदस्यले मतदान गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।