काठमाडौं,नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भएका छन् । उनी आज बिहान ९ बजे पशुपति जाने कार्यक्रम रहेको छ । तेस्रो राष्ट्रपतिका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका नेता रामचन्द्र डेलले प्रतिस्पर्धी (एमाले)का नेता सुवासचन्द्र नेम्वाङलाई हराउँदै ३३ हजार ८०२ मतभार ल्याई विजयी भएका थिए । एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५ सय १८ मतभार मात्र ल्याएका थिए।