काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका-४ जोरलाबर बस्ने शुक्र राज जगेबुको घरमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा भाडाबर्तन, लत्ताकपडा, अन्नपात लगायतका सामान जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी, ताप्लेजुङ, फुङलिङ नगरपालिका-१० फुरुम्बुस्थित घनेन्द्र लिम्बुको घरमा बिहीबार दिउँसो आगजनी हुँदा गहना, भाडावर्तन, लत्ताकपडा लगायतका सामान जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । घनेन्द्र आफैले आगजनी गरेको बुझिएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ । साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।