काठमाडौँ । सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक(डीआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाको लागि सिफारिस गरेको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले ५ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।
बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् । पाँच जना एआइजीको पद लामो समयसम्म खाली रहेपनि बढुवा हुन सकेको थिएन।
प्रधानमन्त्रीको निर्देशन पछि बढुवा समितिको बैठकले उम्मेदवार सूचीको नाम टुंग्याउँदै पाँच जना डीआइजीको सिफारिस गरेको हो।